Sunday, March 5, 2017

एनआइसी एशिया क्यापिटलको विधिवत सुरुवात, लघुवित्त र म्युचुअल फण्ड पनि आउने






काठमाण्डौ । एनआइसी एशिया बैंकले एक सहायक कम्पनीको विधिवत सुरुवात गर्दै अन्य सहायक कम्पनी स्थापनाको आक्रामक योजना समेत सार्वजनिक गरेको छ । 
आइतबार साँझ राजधानीको होटल अन्नपूर्णमा एक समारोहका बीच एनआइसी एशिया क्यापिटल लिमीटेडको विधिवत उद्घाटनसँगै अन्य सहायक कम्पनी स्थापनाको आक्रामक रणनीति सार्वजनिक गरिएको हो । 
यो बैंकले करिब ६ महिनाअघि नै मर्चेन्ट बैंकको रुपमा संचालनको स्वीकृति पाएकोमा विधिवत सुरुवात भने ढिलो भएको हो । मर्चेन्ट बैंकिंगसँग सम्बद्ध सबै काम गर्ने गरी कम्पनीको स्थापना गरिएको बताइएको छ । 
कार्यक्रममा एनआइसी एशिया बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत९सीइओ० लक्ष्मण रिसालले देशकै उत्कृष्ट बैंक बनाउने योजना अनुसार मर्चेन्ट बैकिङसँगै अन्य सहायक कम्पनी स्थापनालाई समेत तीव्र रुपमा अगाडि बढाइने बताए । 
सर्वव्यापी बैकिङ अवधारणाअनुसार एनआइसी एशिया क्यापिटल लिमीटेड स्थापना गरिएको र यसले उत्कृष्ट मर्चेन्ट बैंकको पहिचान बनाउने उनले दाबी गरे । 
उनकाअनुसार एनआइसी एशिया बैंकले आफ्नै माइक्रो फाइनान्स९लघुुवित्त० संचालनको तयारी समेत थालेको छ । उनका अनुसार लघुवित्त कम्पनी संचालनका लागि राष्ट्रबैंकमा आवेदन दिइएको र त्यसको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी आएको उनले बताए । 
यस्तै, एनआइसी एसिया बैंकको प्रायोजन र एनआइसी क्यापिटलको व्यवस्थापनमा म्युुचुुअल फण्ड समेत संचालन गर्ने योजना रहेको उनले सुनाए । अन्य सहायक कम्पनीहरुको स्थापनामा समेत बैंक आक्रामक रुपले अगाडि बढ्ने उनले बताए । 
‘हामी उच्चतम प्रविधिको प्रयोग गरेर ग्राहकको सन्तुष्टिका लागि स्तरीय ढंगले अगाडि बढ्नेछौ ।’ सीइओ रिसालले भने –‘हामी व्यवसायिक विविधिकरणको बिषयमा समेत सचेत छौ । हामी नयाँ नयाँ बैकिंग प्रविधि तीव्र गतिमा भित्र्याउँदै जानेछौ ।’
क्यापिटलको औपचारिक सुरुवात धितोपत्र बोर्डका अध्यक्ष डा। रेवतबहादुर कार्कीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । 
कार्यक्रममा एनआइसी एशिया बैंक संचालक समितिका अध्यक्ष जगदीसप्रसाद अग्रवाल, धितोपत्र बोर्डका अध्यक्ष कार्की, एनआइसी एशिया क्यापिटल लिमीटेडका अध्यक्ष सुधिर पाण्डेले बोलेका थिए । 
एनआइसी एशिया क्यापिटलको विधिवत सुरुवात, लघुवित्त र म्युचुअल फण्ड पनि आउने

No comments:

Post a Comment