Thursday, March 2, 2017

  
            चैत १ देखि स्ट्याण्डर्ड चार्टर्डको एफपीओ

काठमाडाै १९ फागुन । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निश्कासन गर्ने भनेको एफपीओमा आवेदन आगामी चैत १ गतेदेखि खुल्ने भएको छ ।
बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलले जनाएअनुसार आगामी चैत १ गतेदेखि ४ गतेसम्म इच्छुुक लगानीकर्ताले एफपीओमा आवेदन दिने व्यवस्था मिलाइन लागिएको हो ।
यसअघि स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई उसले आवेदन दिएको १८ दिनमै १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम मूल्य समेत जोडी प्रति कित्ता १२ सय ९० रुपैयाँको दरले एफपीओ निश्कासनको अनुमति धितोपत्र बोर्डले दिएको थियो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निश्कासन गर्न लागेको र लगानीकर्ताले कम्तीमा १० देखि बढीमा २५ हजार ८ सय ८० कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् ।
आस्वाको अनुमति पाएका नेपालका ४१ बैंक तथा बित्तीय संस्था र तिनका देशभरका ७३ जिल्लामा फैलिएका १ हजार ९ सय ७१ वटा शाखाबाट एफपीओमा दरखास्त दिन सकिनेछ ।  बिक्री प्रबन्धकका अनुसार एनएमबी क्यापिटलको मुख्य कार्यालय र एनएमबी बैंकका देशभरका शाखा कार्यालयमा लाइन लागेरै दरखास्त दिन चाहनेका लागि समेत सोही अनुसारको व्यवस्था मिलाइनेछ ।

No comments:

Post a Comment